उज्यालो नेपाल पार्टीद्वारा गठबन्धनसम्बन्धी अफवाहबारे प्रष्टिकरण
47 Views
काठमाडौँ — विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा सार्वजनिक बहस–विवादहरूमा उज्यालो नेपाल पार्टीले अन्य दल वा उम्मेदवारसँग गठबन्धन, चुनावी एकता वा तालमेल गरिसकेको भन्ने प्रकारका समाचार र हल्ला तीव्र रूपमा फैलिएपछि पार्टीले औपचारिक रूपमा प्रतिक्रिया सार्वजनिक गरेको छ।
पार्टीका अनुसार हालसम्म कुनै पनि राजनीतिक दल, उम्मेदवार वा समूहसँग औपचारिक वा अनौपचारिक गठबन्धन, चुनावी एकता, तालमेल वा सहकार्यबारे कुनै निर्णय, सम्झौता वा प्रतिबद्धता गरिएको छैन। पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, पार्टीका नाममा प्रचारित भइरहेका अपुष्ट समाचार, अनुमान र अफवाह पूर्ण रूपमा निराधार भएको स्पष्ट गरिएको छ।
उज्यालो नेपाल पार्टीले प्रमाणित र आधिकारिक जानकारीका लागि पार्टीका आधिकारिक विज्ञप्ति र आधिकारिक सूचना माध्यमहरूलाई मात्र आधार बनाउन सर्वसाधारण, समर्थक तथा सञ्चारकर्मीहरूलाई अनुरोध गरेको छ।
त्यसैगरि, पार्टीको नाम दुरुपयोग गर्दै झुट्टा सूचना, गलत प्रचार वा भ्रामक सामग्री प्रसारण–प्रकाशन गर्ने व्यक्तिहरू विरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
उक्त विज्ञप्ति उज्यालो नेपाल पार्टी, संघीय कार्यालय काठमाडौंबाट जारी गरिएको हो।
विज्ञप्तिमा पार्टीका प्रवक्ता डा. राजु थापाले हस्ताक्षर गरेका छन्।





प्रतिक्रिया दिनुहोस