महिला तामाङ घेदुङको सातौं राष्ट्रिय महाधिवेशनबाट पुनःबोम्जन सर्वसम्मत चयन
418 Views
काठमाडौं,१८ फागुन । नेपाल तामाङ महिला घेदुङको सातौं राष्ट्रिय महादिवेशन शनिबार सम्पन्न भएको छ ।
उक्त अधिवेशनबाट अध्यक्षमा पुनः संगीता बम्जन चयन हुनुभएको छ । शनिबार राति सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनले बम्जनलाई पुनः अध्यक्षमा सर्व सम्मत चयन गरेको हो।
वरिष्ठ उपाध्यक्षमा शर्मिला ग्लान चयन हुँदा उपाध्यक्षहरुमा प्रतिमा बम्जन, सिर्जना थिङ, गंगा योन्जन, प्रमिला वाइबा, आइतीमाया तामाङ र सुनिता थिङ सर्वसम्मत चयन भएका छन्।
यस्तै महासचिवमा मायालु ङेसुर, सचिवहरुमा हिराकुमारी तामाङ र बरी बल तामाङ, कोषाध्यक्षमा तिर्थकुमारी लामा (रोजिना), सहकोषध्यक्षमा मन्जु लामा चयन भएकी छन्। सदस्यहरुमा सरु तामाङ, लोम्साङ ब्लोन, लिलामाया तामाङ, टिकामाया तामाङ, दुर्गामाया तामाङ, निर्मला तामाङ, भागवती तामाङ, लालमाया तामाङ, आयुस्मा तामाङ, फुलमाया तामाङ, गोमाकुमारी तामाङ, विष्णु कुमारी मुक्तान, मिना लामा र मिना तामाङ छन्।
महाधिवसनको बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्घाटन गरेकी थिइन। नेपाल तामाङ महिला घेदुङ तामाङहरुको साझा संस्था नेपाल तामाङ घेदुङको भातृ संस्था हो।





प्रतिक्रिया दिनुहोस