फेदीखोला समाजका सदस्यलाई जिएमसीमा छुट
432 Views
पोखरा । शिक्षा र स्वास्थ्यलाई अग्रस्थानमा राखी सामाजिक कार्यमा सक्रिय वृहत फेदीखोला पोखरा सम्पर्क समाजले बुधबार गण्डकी मेडिकल कलेजसंग स्वास्थ्य परिक्षणमा छुट सम्बन्धि सम्झौता गरेको छ ।
सम्पर्क समाज र गण्डकी मेडिकल कलेज पोखरा संग स्वास्थ्य परिक्षणमा छुट सम्झौता संस्थाका कोषाध्यक्ष जीत बहादुर क्षेत्री (राजकुमार) को संयोजकत्वमा संस्थाका अध्यक्ष जगदिश लामिछाने, सचिव मीन प्रसाद सुवेदी र सदस्य सुर्य पौडेलको उपस्थिती सहित अस्पतालका सिइओ प्रध्यापक डाक्टर रविन्द्र प्रसाद श्रेष्ठ लगायत कृष्ण पौडेल र डाक्टर टुकमाया घलेको उपस्थिति रहेको थियो ।
सो अनुसार दर्तामा २० प्रतिशत, बहिरंग सेवाको वेड चार्जमा १० प्रतिशत, दन्त सेवामा सामाग्री बाहेकमा १५ प्रतिशत दिने भएको समाजका अध्यक्ष जगदिश लामिछानेले वताए ।
समाजले यस अगाडि आफ्नो आजिवन सदस्यहरुको लागि मणिपाल अस्पताल र युआरएलमा छुटसम्बन्धी सम्झौता गरिसकेको कार्यक्रम संयोजक जितबहादुर क्षेत्री (राजकुमार)ले वताए ।
प्रतिक्रिया दिनुहोस