गण्डकी प्रदेशका मुख्य मन्त्रीद्वारा विश्व शान्ति पूजाको भव्य उद्दघाटन
248 Views

कास्की,२ मंसिर । बैदाम तामाङ सेवा समाजको आयोजनामा सुरु गरिएको प्रज्ञा पारामिता त्रिपिटक कङ्ग्युरपाठ वाचन आजबाट सुरु भएको छ ।
गण्डकी प्रदेशको मुख्य मन्त्री सुरेन्द्राज पाण्डे उक्त कार्यक्रमका प्रमुख अतिथिले ब्यानर उद्घघाटन र छ्योमे (दिप प्रज्वलन) कार्यक्रमको समुद्दघाटन गरिएको थियो ।
त्यसैगरी ताम्बाद्वारा डम्फु,टुङ्ना बजाएर कार्यक्रममा स्वागत गरिएको हो ।
लेकसाईड हलनचोकदेखि खहरे स्थित पेमा धेछेनलिङ गुम्बासम्म शान्ति पद यात्रा गरिएको थियो । पद यात्रामा विभिन्न ठाउंका तामाङ समाजकाआमाबुबा,दाजुभाई, दिदीबहिनीहरुको बाग्लो उपस्थित रहेको थियो ।
समुद्घघाटन कार्यममा बोल्दै मुख्य मन्त्री पाण्डेले बिगतका समयमा पनि यस गुम्बाको प्रबेशद्वारदेखि गुम्बा सम्मको बाटो बनाउन प्रदेशले बजेट प्रदानगरिएको र अबको दिनमा पनि यस गुम्बाको लागि सहयोग गर्ने बताएका छन् ।
त्यसैगरि लामा घेदुङका केन्द्रिय अध्यक्ष पाल्देन योन्जन लामाले कार्यक्रम र कंग्युर पाठ पूजाबारे प्रकाश पारिएको थियो । सोहि कार्यक्रमका सभाध्यक्षज्याक तामाङले उद्दघाटन कार्यक्रमको समापन गरि सम्पुर्ण श्रद्दालु भक्तजनहरु प्रति धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन गरिएको हो।
उक्त उद्दघाटन कार्यक्रम समापन भए लगतै बृहत कंग्युर पाठ वाचन सुरु गरिएको थियो । पाठ वाचन सुरु हुनु अघि लामा छ्याम(लामा नृत्य) गरिएकोथियो ।
यसैगरी भोलि मंसिर ३ गते विश्व शान्ति मंगल पाठ (रिवासाङ) पूजा, कोन्छ्योग चिदुई समुच्च पूजा , छोग मार्मे ङोवा मोलम पितृ मोक्ष नैवेद अर्पणशान्तिको दिप प्रज्वलन पुण्य पपिनाम, प्रवचन सहित लामा खण्डो छ्याम डाकिनी नृत्य ,मारा त्रैथिक (ज्युङपो) नृत्य, धर्मपाल गण चक्र पूजा हुनेछ ।
प्रतिक्रिया दिनुहोस