को*रोना निको भए पनि ब्ल्याक फंगसबाट मृत्यु, के हो त ब्ल्याक फंगस (कालो ढुसी) ?
703 Views
भेरी,जेठ १४ खोज मिडिया। गत वैशाखमा बुटवलस्थित को*रोना अस्पतालमा कपिलवस्तुका ६० वर्षीय एक पुरुषको मृ*त्यु भयो । यसअघि उनी दुई साता आ*ईसीयूमा उपचारपछि को*रोना रिपोर्ट नेगे*टिभ आएर डिस्चार्ज भएका थिए ।
अक्सिजनको मात्रा दिइराख्नुपरेको र टाउको दुखिरहेपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेर पुनः उपचार थालिएको थियो । मधुमेह भएकाले उपचार गर्दागर्दै उनको ए*क्कासि आँखाको दृष्टि गु*मेको अस्पतालका वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. सुदर्शन थापाले बताए । अ*चानक आँखा बन्द भयो, टाउको अधिक दु*ख्यो भन्नुभयो, बिस्तारै बे*होसी अवस्थामा गएर बिरामीको मृ*त्यु भयो, डा. थापाले भने, को*रोना निको भए पनि ब्ल्याक फंगस (कालो ढुसी) सँग मिल्दाजुल्दा सबै लक्षण देखापरेका थिए । कागजमा देखिने गरी टिपोट नगरिए पनि बिरामीको मृ*त्यु फंगसकै कारण भएको हाम्रो अनुमान छ ।
पछिल्लो २ सातामा नेपालगन्जस्थित भेरी अस्पतालमा ४ जना को*रोना सं*क्रमितमा ब्ल्याक फंगसको सं*क्रमण देखिएको छ । अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. राजन पाण्डेका अनुसार ब्ल्याक फंगस सं*क्रमण देखिएका एकको मृ*त्यु भइसकेको छ । यसअघि नै मधुमेह भएका को*रोना सं*क्रमितलाई स्टेरोइड औषधि दिँदा सुगर लेबल थप बढ्छ । यस्ता बिरामीमा ब्ल्याक फंगसको सं*क्रमण बढी हुने सम्भावना रहन्छ, उनले भने ।
स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले ब्ल्याक फंगस महामारी नभएको स्पष्ट पारे । उनका अनुसार यो सं*क्रमण एक हजार जनामा एक जनामा देखिन सक्छ । यो को*रोनाजस्तो महामारी होइन । तर को*रोना सं*क्रमित कमजोर बिरामीमा त्यस्तो समस्या देखिन सक्छ, उनले भने, को*रोना सं*क्रमित भएर उपचारका लागि नेपालगन्ज आएका केहीमा ब्ल्याक फंगस देखिएपछि उप*चारका लागि काठमाडौं पठाएका छौं ।’
सं*क्रमितलाई एचडीयू वा आई*सीयूमा राख्दा अक्सिजन र स्टेरोइड औषधि दिएर निमोनियाको उपचार गरिन्छ । यसको प्रतिफल शरीरमा प्रतिरोधात्मक क्षमता घ*ट्दै जान्छ र अक्सिजनको चिसोले ब्ल्याक फंगस उत्पन्न हुन सक्ने सम्भावना रहन्छ ।
बिरामीलाई बचाउन र दिमागसम्म नफैलियोस् भन्न आँखाको श*ल्यक्रिया जरुरी पर्छ, डा. थापाले भने । कपिलवस्तुमा भने बल्ल यसको सोधीखोजी सुरु भएको छ । जिल्लामा ब्ल्याक फंगसका बिरामी देखिएका छैनन्, कपिलवस्तु जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले भने, ब्ल्याक फंगसबारे बुझ्न थालेका छौं ।
उनका अनुसार अस्पतालमा एक महिनायता २ सय ४० संक्रमितको उपचार भएको छ । तर कसैमा पनि ब्ल्याक फंगसको लक्षण भेटिएको छैन । ‘अहिले भने सतर्कता अपनाउँदै बिरामीसँग हिस्ट्री लिन थालेका छौं,’ उनले भने ।
बर्दियामा पनि यसको उपचारबारे कुनै तयारी छैन । जिल्लामा आँखासम्बन्धी चिकित्सक नभएकाले पनि यसको उपचार सम्भव नभएको जिल्ला अस्पतालका मेसु डा. सुभाष पाण्डेयले बताए । हालसम्म जिल्लामा ब्ल्याक फंगसका बिरामी फेला नपरे पनि देखिइहालेमा यसको उपचार गर्न तयार भने रहनुपर्ने स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले जोड दिए ।
प्रतिक्रिया दिनुहोस