पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गोरखा बासीलाई माफी मागे
491 Views
काठमाडौं जेठ ४, खोज मिडिया । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफु केही महिनादेखि गम्भीर स्वास्थ्य समस्याका कारण जनताको घरदैलोमा उपस्थित हुननसकेकेमा माफी माग्दै कोभिड-१९ ले गोरखामा परेको असरबारे डाटा सहित आफ्नो फेसबुकमा पोष्ट गरे।
गोरखालाई उपत्यका बाहिरका पहाडी जिल्लाको नमूना जिल्ला मानेर कोभिड-१९ को विश्लेषण गर्दा (भलै स्थानीय तह र स्वास्थ्य चौकी/अस्पतालबाट लिएका तथ्यांक त्यति मेल खादैनन्) केही गम्भीर समस्या देखियो है! सबैले बेलैमा ध्यान दिऊॅ
१.जनस्तरमा नै आवस्यक सचेतनामा कमी आएको छ।विवाह/ब्रतबन्ध/छेवर अनेक नाउॅमा भोजभतेर भैरहेछन्! यसलाई स्थानीय जनप्रतिनिधि,पार्टीका कार्यकर्ता,शिक्षक/विद्यार्थी लगायत सबै मिलेर पूर्ण रूपले रोकौं। बाॅचे भोजभतेर गर्दैगरौंला।
२.कन्ट्याक्ट ट्रेसिंग र परीक्षण व्यापक रूपमा युद्धस्तरमा हुनुपर्नेमा निकै कम र ढिलो हुने गरेको छ।PCR किट कम हुने,बाहिर पठाएको स्वाब परीक्षणको नतिजा ढिलो आउने,तत्काल परीक्षण गर्ने एन्टिजेन किटको समेत अभाव रहने समस्या छन्। त्यसनिम्ति तत्काल परीक्षण गर्न एन्टिजेनको पर्याप्त व्यवस्था सबै स्वास्थ्यचौकी/अस्पतालमा गर्ने र सबै जिल्ला अस्पतालमा PCR ल्याबको व्यवस्था गर्ने, ताकि रिपोर्ट धेरै दिन कुर्न नपरोस्।
३. आइसोलेसन सेन्टर/बेडको अभावमा धेरै संक्रमित घरमै बस्न बाध्य छन् र आवस्यक सावधानी/सेवासुविधा पाएका छैनन्।त्यसनिम्ति स्कूल लगायतका सार्वजनिक भवनको उपयोग र अस्थायी आइसोलेसन सेन्टर/बेड तथा स्वास्थ्यकर्मीको व्यवस्था युद्धस्तरमा गरौं!
४. तत्काल सबैतिर सबभन्दा ठूलो समस्या अक्सिजन र सिलिन्डरको रहेको छ। साथै अस्पतालमा आवस्यक ICU/Ventilator छैनन्। त्यसनिम्ति प्रत्येक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट,सबै स्वास्थ्यचौकीमा पर्याप्त अक्सिजन सिलिण्डर र अस्पतालमा आवस्यक ICU/Ventilator को व्यवस्था गरौं। साथै चिकित्सक/स्वास्थ्यकर्मीलाई आवस्यक प्रोत्साहन तथा PPE लगायतका उपकरणको व्यवस्था गरौं।
५. जुनसुकै महाव्याधीको व्यवस्थापन युद्धस्तरमा गर्नुपर्छ र त्यसनिम्ति नियमित प्रशासनिक संरचनाले मात्र पुग्दैन।अहिले संघ,प्रदेश र स्थानीय तहमा त्यस्ता विशेष संरचना नाम मात्रको रहेका छन् र ती कामकाजी बन्नसकेका छैनन्। तसर्थ सबै तहमा जनप्रतिनिधि,प्रशासक,चिकित्सक/स्वास्थ्यकर्मी र निजीक्षेत्र सम्मिलित विशेष समन्वय संयन्त्र बनाएर यो महाव्याधीसंग लडौं।खाशगरी स्थानीय जनप्रतिनिधि र पार्टीका कार्यकर्ताहरूले चुनावको वेलामा झैं यस्तो संकटको वेला स्वयंसेवकको रूपमा जनताको घरदैलोमा पुगौं!
(द्रष्टब्य: म आफैं केही महिनादेखि गम्भीर स्वास्थ्य समस्याका कारण जनताको घरदैलोमा उपस्थित हुननसकेकेमा क्षमाप्रार्थी छु।
प्रतिक्रिया दिनुहोस