ईशनाथ ना. पामा ६ करोड ७४ लाखको लागतमा खेलमैदान निर्माण हुने।
681 Views

ललन कुमार चौरसिया
रौतहट २२ माघ, खोज मिडिया । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका वडा नम्बर ५ मा खेलमैदान निर्माण कार्य हुने भएको छ। ओली पक्षका नेकपा नगर अध्याक्ष मोहन मेहता विशेष पहलमा खेलमैदान वनाउने योजना युवा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको हो। नेकपा नगर अध्याक्ष मोहन मेहताले नगर भरिका युवापिडीतलाई लक्षित गरिदै खेलकुदको माध्यमबाट खेलकुद नै स्वास्थ्यका लागि उपयुक्त हो। नगर निर्माणका लागि खेलमैदान निर्माण गर्नुपर्ने मेहताले बताएका छन्। खेलकुद मैदानका लागि योजना स्वीकृत गराएकोले नगर भरिका युवाहरूले नगर अध्यक्ष मेहता लाई धन्यवाद ज्ञापन गरेका छन्।
उक्त नगरपालिका वडा नं ५ मा खेलकुद मैदान निर्माण हुँदा नगरपालिका मात्र होइन सम्पूर्ण जिल्ला बासीको सान हो। खेलमैदानका लागि २ विगहा जग्गामा निर्माण गरिने छ। त्यसको लागि ६ करोड ७४ लाख ८१ हजार ३ सय ८४ रूपैयाँको रकम विनियोजन गरिसकेको नगर अध्यक्ष मोहन मेहताले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस