इशनाथ नगरपालिकामा चौथो नगरसभा सम्पन्न ।
617 Views
ललन कुमार चौरसिया
रौतहट २५ भदौ, खोज मिडिया – रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा चौथो नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगर प्रमुख संतोष कुमार मेहताको अध्यक्षतामा बुधवार नगरपालिकाको चौथो नगरसभा भव्याताका साथ सम्पन्न भएको हो । नगरसभाले चालु आर्थिक वर्ष २०७७/०७८ मा नगरको समग्र विकासका लागि ३८ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेका छन् ।
चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि ईशनाथ नगरपालिकाले आफ्ना चौथो नगरसभाबाट ३८ करोड ५० हजार ५७० रुपैया बजेट पारित गरेको छ ।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम जि जोशीले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगाएत गरी सो रकम प्रस्तुत गर्नुभएको छ । यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य जस्ता कार्यक्रमहरू विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख संतोष कुमार मेहता ले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस