रौतहटको बागमती नदीमा डुबेर ३ तीन जना बालिका लापात्ता ।
357 Views
ललन कुमार चौरसिया
रौतहट ७ भदौ खोज मिडिया। रौतहट जिल्ला अन्तर्गत गढ़ीमाई नगरपालिका धर्मपुर स्थित रहेको बागमती नदीमा तीन जना बालिका लापात्ता भएकी छिन । आज बिहान १० बजे नुहाउने क्रममा तिनै जना बालिका लापात्ता भएकी छिन। लापात्ता हुनेमा गढ़ीमाई नगरपालिक वडा नं.७ धर्मपुर टोल बस्ने भदई मुखियाको छोरी अन्दाजी बर्ष १० की पिंकु कुमारी मुखिया र सोही ठाउँका बस्ने लक्ष्मण दासको छोरी अन्दाजी बर्ष १२ की सुश्मिता कुमारी दास तथा छठु मुखियाको छोरी अन्दाजी १० वर्ष की चंचल कुमारी मुखिया रहेको जिल्ला प्रहरी कार्यालय रौतहट जनाकारी दिएको हो ।
तिनै जना नदिमा नुहाउने क्रममा लापात्ता भएकी भनी खबर साढ़े ११ बजे हुनसाथ प्रहरीको टोली घटनास्थलमा पुगेका छन्प्र। प्रहरी चौकी धर्मपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक को कमाण्डमा गएका टोलीले खोजतलासको कार्य गरिरहेको प्रहरीले जनाकारी दिएका छन् । बालिकाहरुको खोजतलासमा नेपाल प्रहरी,सस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी गराउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस