वाइ सर्भिस क्लब अफ पोखरामा रानाभाट
पोखरा । वाइ सर्भिस क्लब अफ पोखराको शुक्रबार पोखरामा आयोजित भेलाले अरुण रानाभाटको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
क्लबको उपाध्यक्षमा रवीन्द्र पौडेल, सचिवमा कृष्ण रानाभाट, कोषाध्यक्षमा पुनम गुरुङ र सदस्यमा मन कुमारी बिक, प्रतिभा केसी, आशिष् श्रेष्ठ, अबिजित श्रेष्ठ, नारायण अधिकारी, दुर्गा कुमारी गुरुङ, हरि बहादुर भाट, सुर्य बहादुर रानाभाट, सौराज रानाभाट, चिरञ्जीवी कुँवर, भोलानाथ पौडेल, रेशम खड्का, चयन भएका छन् ।
साउथ इस्ट एसियाका क्षेत्रीय अध्यक्ष जोन ओङले क्लबले हरेक बर्ष नेपालका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राली शैक्षिक तथा स्वास्थ सामाग्रीको लागि आर्थिक सहयोग गर्दै आएको बताए ।
अन्तर्राष्ट्रिय बोर्ड सदस्य डेभिड लुवाले बिश्व भर शाखाहरु रहेको क्लबमा स्वागत गर्न पाउदा खुशी लागेको बताउदै हामी जहाँ भए पनि मिलेर सामाजिक सेवाका काम गर्ने बताए ।
क्लब्को अध्यक्षमा चयन भएका अरुण रानाभाटले सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेको अन्तर्राष्ट्रिय क्लबको अध्यक्षमा चयन गर्ने सदस्यहरुलाई धन्यवाद दिदै सामाजिक क्षेत्रमा दीर्घकालीन सेवा पुग्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
हङकङ डिस्ट्रीक्ट गभर्नर दिपक भण्डारीले नेपालमा वाई सर्भिस क्लबका सदस्य दिनप्रतिदिन बड्दै गएको बताउदै अन्तर्राष्ट्रिय संघ संस्थासंग सहकार्य गर्दै सामाजिक काममा सक्रिय हुन थप प्रेरणा मिलेको बताए ।



